काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुदा २ अर्ब ५ करोड ८३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् । प्रभ् स्मार्ट फण्डका इकाईधनीले ५.८० प्रतिशतका दरले कमाएका छन् । कुमारी धनबृद्धि योजनका इकाईधनीले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।




















प्रतिक्रिया