काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा २७ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यसअघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।




















प्रतिक्रिया