Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य ताेलामा ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ११ : ३१ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।