Logo

अर्थ

बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ



बाँके । बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ बस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले आईतबार पक्राउ गरेको हो ।

उनलाई बाँकेको बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।

ईलाका प्रहरी कार्यालयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिएका छन् ।

केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।

त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १३:२३   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।