Logo

अर्थ

सेयर बजारमा झिनो अंकको वृद्धि



काठमाडौं । सेयर बजारमा बुधबार झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ३४८.५५ को विन्दुमा बन्द भएको छ ।

बजार बढ्दा ११५ कम्पनीको सेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ । १५ वटा कम्पनीको सेयरभाउ स्थिर रहेको छ । आज बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक किनबेच भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेको छ भने अन्य १० वटा समूह घटेका छन् ।

त्यस्तै, गुराँस लघुवित्त, स्पोर्ट माईक्रोफाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बोर्टलर्स नेपाल, एलबीबीएल डिभेञ्चर ८९ र जानकी फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १५:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।