Logo

खेलकुद

यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काजाकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाई गरेका छन् ।

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुदै छ । साथै प्रतियोगितामा पुरुष ४८ केजी समुहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समुहमा सुष्मा तामाङ र महिला ५० केजी समुहमा रमिशा श्रेष्ठले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि काजाकिस्तान जादै छन् ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ८ : १८ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।