आफ्ना मागको सुनुवाइ नभएको भन्दै बुधबार वीर अस्पतालको आकस्मिक सेवा विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले कोरोना संक्रमणका बेला सुरक्षा मापदण्डको व्यवस्था नगरिएको र भत्ता पनि नदिएको बताएका छन् ।
चिकित्सकहरूले अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीसमक्ष राजीनामा पत्रमा दिएको हो । पत्रमा आफूहरूलाई काम गर्ने सहज वातावरण नभएको उल्लेख गरिएको छ । राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. राकेशकुमार सिंह, डा. कृष्टि थापा, डा. आयुषि शर्मा नेपाललगायत चिकित्सकहरू छन् ।
यता अस्पतालका निर्देशक डा. सेञ्चुरीले भने मेडिकल अधिकृतहरूको माग सम्बोधनका विषयमा निरन्तर छलफल भइरहेको बताएका छन् ।





















प्रतिक्रिया