Logo

खेलकुद

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई तेस्रो सफलता



काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका हुन् । उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् ।

यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार  १ : ०० बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।