Logo

खेलकुद

टोटनह्याममाथि चेल्सी २-० ले विजयी



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।