Logo

खेलकुद

सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

उक्त मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र ३ लाख जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसलाविरुद्ध उच्च अदालत गएका हुन् ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ११ : ५३ बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।