Logo

स्वास्थ्य

कोरोनाको लडाँई जितेपछि ऋचा शर्माको भनाई



नेपाली सिने जगतकी नायिका तथा कमेडी च्याम्पियनकी जज  ऋचा शर्माले बिगत ३ हप्ता देखि कोरोना पोजेटिभ भएर ३ हप्ता लामो होम क्वारेन्टाइनमा बसेपछि आफूले कोरोनालाई जितेको उल्लेख ब्यक्त गरेकी  छिन् । उनले सामाजिक संजाल फेसबुकमा कोरोनामुक्त भएपछि स्टाटस लेख्दै कोरोना महामारीबाट आफ्नो र परिवारको सुरक्षा गर्नु सम्पूर्णको दायित्व भएको उल्लेख गरेकी छिन् ।

उनले लेखेको स्टाटस यस्तो छ “विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ की पढेर जानिन्छ की परेर। यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगे। पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु. कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलीदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु। कोरोना जित्न मैले के गरे, खानपान्, जिवन शैली बारे छिटै यहाँहरु लाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमाँ रहेर हामीलाई सेवा पुर्याउनुहुने समपूर्णलाई नमन गर्दछु।सतर्क रहनुस, स्वस्थ रहनुस।” 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।