Logo

खेलकुद

नेपाल र युएईको खेल दशरथ रंगशालामा नहुने



काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए । त्यतिबेला उनीहरुले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।

यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो । रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ११ : १३ बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।