Logo

खेलकुद

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप अभ्यास खेल खेल्ने



काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप (अभ्यास) खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल तय भएका हुन् । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  ११ : ०५ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।