Logo

अनलाइनपाना खोज

माओवादी नेता श्रीकान्त र कर्मा माथि सरकारी जग्गा हडप्नेदेखि लिएर गुन्डागर्दीसम्मको आरोप



दमक । नेकपा (माओवादी केन्द्र ) कोशी प्रदेश सदस्य दुर्गा चौलागाईं (श्रीकान्त) माथि आफ्नै पार्टीको नेतृले सरकारी जग्गा गैरकानुनी रुपमा आफ्नो ससुराको नाममा दर्ता गरेर बेचेको गम्भीर आरोप लागेको छ ।

पार्टीको कोशी प्रदेश समिति सदस्य भूमिका कोइरालाले आफूलाई दमक खानेपानी तथा सरसफाइ समितिको गत चैत २३ गते भएको निर्वाचनमा खुल्ला सदस्य पदमा विजयी गराउन सहयोग गर्नुको साटो हराउनलाई पार्टीका जिम्मेवार नेता डम्बर पुलामी (कर्मा) र श्रीकान्त लागि परेको मात्र नभई सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने कार्यहरु गरेको आरोप लगाउदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै कोशी प्रदेश समितिमा उजुरी दर्ता गरेकी छिन् ।

उजुरीमा कोइरालाले श्रीकान्तलाई दमक नगरपालिका वडा नम्बर १३ मा रहेको कि.न. १२४ को १३ घुर क्षेत्रफल भएको जग्गा आफ्नो ससुरा अग्नि प्रसाद पाठकको नाममा २०६७ सालमा दर्ता गरेको गम्भीर आरोप लगाएकी छिन् । आवस्यक पर्दा सम्बन्धित डकुमेन्ट प्रमाणको रुपमा पेश गर्ने समेत कोइरालाको दावी छ ।साथै २०७९ साल मंसिर ७ गते उक्त जग्गा दमकका स्थानीय नारायण बहादुर श्रेष्ठलाई ४७ लाखमा बिक्री गरेको भन्दै सो काण्डको छानबिन गरि दोषीलाई कारबाही गर्न समेत माग गरेकी छिन् ।

यसै सम्बन्धमा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेतीसंग जिज्ञासा राख्दा पार्टीमा उजुरी परेको र पार्टीका नेता शिव डाँगीको नेतृत्वमा छानबिन समिति समेत बनिसकेको जानकारी दिए । `हामी पार्टीको अन्य कामले गर्दा यो बिषयमा प्रवेश गरिसकेका छैनौं अब चाडैं बिषय प्रवेश गर्छौ र छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्छौ । दोषी जो कोही भएपनि कारबाहीको लागि पार्टीमा सिफारिस हुन्छ ।´ संयोजक डाँगीले बताए ।

अर्का प्रदेश समिति सदस्य कर्माले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि कुटपिट गरेको आरोप समेत लगाएकीछन् । वाइसिएल केन्द्रीय सचिवसमेत रहेका कर्मा गत वर्ष कारवाहीमा परेका ब्यक्ती हुन ।

०८१ साउनमा माओवादी कोशी प्रदेश समितिले उनलाई आर्थिक अपचलन र नेता तथा शुभचिन्तकमाथि अभद्र व्यवहार गरेको भन्दै प्रदेश समितिले उनलाई कारवाही गरेको थियो । कारबाही स्वरुप उनी दुई महिना पार्टीको निलम्बनमा परेकाथिए ।

अहिले पुनः कर्माले पुरानै हर्कत देखाउदै आफ्नै पार्टीका नेता तथा कार्यकर्ता माथी गुण्डागर्दीको व्यवहार गरेको भूमिकाको आरोप छ । आरोपित दुबैलाई कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न भुमिकाले जोडदार साथ मागगरेकीछन ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १०:२१   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।