Logo

खेलकुद

विश्वकप तयारीका लागि गर्नसक्ने जति सबै गरेका छौं- पारस खड्का



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरेका छन्।

विश्वकपको तयारीका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा पूर्वकप्तानसमेत रहेका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरेका हुन्।

उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए।

फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ। यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ।

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए। सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताए।

नेपालको साधनस्राेतभन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ।

हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ। विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १२:५०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।