Logo

अर्थ

संसदीय छानबिनको कार्यादेशमा जुटेन सहमति, भोलि फेरि बैठक बस्ने



काठमाडाैं । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक निष्कर्ष भएकाे हाे ।

सिंहदरबारमा बिहीबार अपराह्न बसेकाे बैठकमा सत्तापक्षका कानुन मन्त्री पदम गिरी, नेकपा (एमाले), रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच संसदीय छानबिन समितिको कार्यादेशकाे विषयमा छलफल भएको थियो।

कांग्रेस सहमहामन्त्री जीवन परियारले शुक्रबार बिहान ८:३० बजे पुन: बैठक बस्ने जानकारी दिए। उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्ने भन्ने विषयमा नै सहमति हुन सकेन् ।

रास्वपाबाट कार्यदल सदस्य रहेका सांसद शिशिर खनालका अनुसार व्यक्ति तोकेरै समितिको कार्यादेश बनाउन न्यायोचित हुँदैन भन्ने सत्ता पक्षको भनाइ छ।

कांग्रेसका सहमहामन्त्री परियारका अनुसार गृहमन्त्रीको नाम नराखी संसदीय छानबिन समिति गठनमा कांग्रेस सहमत हुदै नहुने अडानमा छ ।

सहमहामन्त्री परियारले कांग्रेस अडानबाट पछि नहटेको बताए।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ६ : १९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।