Logo

राजनीति

कोटेश्वरमा तरुण दलको राँके जुलुस



काठमाडौं । नेपाल तरुण दल केन्द्रीय सदस्य सुशील बुढाथोकीको संयोजनमा कोटेश्वरमा आज नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछाने विरुद्द राँके जुलुस निकालेको छ । जुलुसमा सरकारको राजीनामा मागिएको थियो भने सरकारको पछिल्ला गतिविधिको आलोचना गरिएको थियो ।

राके जुलुसमा तरुण दल अध्यक्ष विद्वान गुरुङ पनि सहभागी थिए। जुलुसमा नालायक गृहमन्त्री राजिनामा दे, जीबी राई कहाँ छ, रविलाई थाहा छ, कैलाश सिरोहियालाई रिहा गर, प्रेस स्वतन्त्रता जिन्दावाद जस्ता नारा लगाइएको थियो ।

कोटेश्वरमा नेपाल सरकारले उल्लेख्य प्रहरी सुरक्षाकर्मी परिचालन गरेको थियो ।
राके जुलुस कोटेश्वर चोकमा गएर कोणसभामा परिणत भएको थियो।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ९ : २९ बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।