काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापनमा संघीय सरकारले बेवास्ता गरेको बताएका छन् ।
‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाउने’ संघीय सरकारको निर्णय स्मरण गराउँदै शाहले गुनासो गरेका हुन् ।
उनले सरकारले कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु पनि भनेका छन् । ‘ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, सङ्घीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको वैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ’ उनले भनेका छन् ।
उनले यस विषयमा सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया