Logo

प्रमुख समाचार

कार्यदलमा जुटेन सहमति, कांग्रेसको नयाँ प्रस्ताव



काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए । उनकाअनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।

‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाकाे नाम राखेर जाऔँ भन्ने रह्याे । त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ ’, बर्तौलाको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  १२ : ११ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।