Logo

प्रमुख समाचार

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिँदै आएको छ ।

कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।