Logo

प्रमुख समाचार

सिरोहिया पक्राउको बिषयलाई लिएर भ्रम फैलाइयो : ईश्वर पोखरेल



महोत्तरी । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाशप्रसाद सिरोहियालाई जोडेर सञ्चार जगतमाथी हमला भएको भन्ने बिषयप्रति आपत्ति जनाएका छन ।

पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आइपुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरुले भ्रम फैलाउने काम गरेको बताए ।

नागरिकताको बिषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन, जोसुकै कारवाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।

‘सञ्चार जगतको हमला काँहावाट आयो ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।’

सरकार लोकतान्त्रिक अभ्यासमा बिस्वास गर्ने बताउँदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो विषयमा संक्षिप्त भनाई राखेको बताए ।

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  ७ : ५२ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।