Logo

प्रमुख समाचार

बालुवाटारकाे बैठकपछि आइतबार संसद सुचारू हुनेमा शीर्ष नेताहरू आशावादी !



काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएसँगै आइतबार हुने संसदकाे बैठक सुचारू हुनेमा शीर्ष नेताहरु आशावादी भएका छन् ।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए ।

लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए । आफुहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

त्यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोपबारे समेत ध्यानाकर्षण गराएको बताए । आफूहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको बताए ।

लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफूहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  ८ : ०८ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।