Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछानेकाे राजीनामा माग्दै शुक्रबार पनि तरुण दलकाे राँके जुलुस



काठमाडाैं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।

शुक्रबार साँझ काठमाडौँको इन्द्रचोकबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् ।

संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो।

जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौँ ८ का नेताका सुरेश श्रेष्ठ जिल्ला सचिव दिनेश विक्रम शाह, केन्द्रीय रत्न महर्जन , विवेक श्रेष्ठ, चक्र कठायत , नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतले नेतृत्व गरेका थिए ।

कोणसभामा बोल्दै दिनेश विक्रम शाहले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण कतै शालिग्राम पुडासैनी, लामिछानेका ड्राइभरकप जस्तै हविगत जीबी राईको भइसकेको र जिबि राई काठको बाकसमा त आउने होइनन् भन्ने प्रश्न गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार २१:०८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।