काठमाडौं । नेपाल तरूण दलले शनिबार पनि भृकुटीमण्डपमा गृहमन्त्री रवी लामिछानेविरुद्ध राँके जुलुससहित बिरोध प्रदर्शन गरेको छ ।
गएको तीन दिनदेखि नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले गृहमन्त्री रवी लामिछाने विरुद्ध राँके जुलुस प्रदर्शन गरिरहेको छ । उता संसदमा कांग्रेसले सदन अवरोध पारेको छ ।
भोलि कांग्रेसले गृहमन्त्री रवी लामिछानेविरुद्ध बिरोध जनाउने कार्यक्रम पनि रहेको छ । कांग्रेसले गृहमन्त्री रवी लामिछानेले सहकारीको पैसा अपचलन गरेको आरोप लगाएको छ ।
कांग्रेसले गृहमन्त्री रवी लामिछाने संलग्न भएका भनिएका सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग सहित विरोध गरिरहेको छ । अहिले कांग्रेसले भातृ संगठनलाई पनि सडकमा उतारेको छ ।
प्रतिक्रिया