Logo

अर्थ

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दैछ ।

अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आएको कांग्रेसले अब सोही मुद्धालाई सडकमा लिएर जान लागेको हो ।

कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् ।

कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०८१ आईतबार  १० : २६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।