Logo

अर्थ

संसदमा कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल जारी



काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन् ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।

आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन् ।

त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  १२ : ४३ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।