Logo

राजनीति

विश्व प्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यलयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने कहिले दुई पासपोर्टमा तपाइँलाई करवाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्ने प्रश्न गरेका हुन् ।

यसअघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन रहेकाे छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ४ : ३७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।