काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सदस्यताको विषयलाई लिएर युनियनले नेपाल पत्रकार महासंघ सञ्चारग्राम तिलगंगा स्थित केन्द्रीय कार्यालयमा आज तालाबन्दी गरेको हो ।
बमोजिम संगठन समिति र केन्द्रीय समिति मार्फत पास गरेर मात्रै सार्वजनिक गर्नुपर्ने, स्वघोषित कार्यदलले तयार पारेको सूचनी खारेज गर्नुपर्ने, सदस्यता शुद्धिकरणका नाममा गरिएको मनपरी र बलजफ्ती बन्द गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरुको गरिमा कायम गर्न, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्न र विधान विपरितका गतिविधि बन्द गर्न माग गर्दै महासंघका अध्यक्ष विपुल पोखरेलकै कार्यकक्षमा तालाबन्दी गरेको छ ।
महासंघले जेठ २६ गते निर्वाचनको मिति तोकिसकेको छ ।महासंघको निर्वाचन हुनुभन्दा एक महिना अघि नै सदस्यताको नामावली प्रकाशन गर्नुपर्ने विधान भएपनि सदस्यता भने अझै टुंगो लगाउन सकेको छैन ।
क्रियाशील पत्रकारहरुकाे सदस्यता राेकिएकाे भन्दै त्यसकाे छानबिन गरी सदस्यता नदिए तालाबन्दी नखुल्ने युनियनले चेतावनी दिएकाे छ ।
यस्ताे छ प्रेस युनियनकाे विज्ञप्ति





















प्रतिक्रिया