Logo

खेलकुद

पहिलो वार्म-अप खेलमा क्यानडासँग नेपाल पराजित



काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए ।

त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।

त्यस्तै नेपालका बलर अविनाश बोहराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए ।

अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।