Logo

खेलकुद

खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण



काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका थिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिएका थिए ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचाबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बिहीबार  ३ : ३७ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।