Logo

खेलकुद

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बिहीबार  ५ : ०१ बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।