Logo

खेलकुद

नेपाल र अमेरिकाबीचको वार्म-अप खेल रद्द



काठमाडाैं । आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म-अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको थियो ।

नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार १०:५५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।