Logo

खेलकुद

सुपर ओभरमा ओमानलाई हराउँदै नामिबियाको विजयी सुरुवात



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ ।

ओमानले दिएको ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।

सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो ।

नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्बाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए ।

यो जितपछि समुह बी मा रहेको नामिबियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १०:२९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।