काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा सहभागी हुन पुगेका छन् । आज नेपालले नेदरल्याण्डसँग टी-२० विश्वकपअन्तर्गतको पहिलो खेल खेल्दै छ ।
अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले राष्ट्रिय टोलीको जर्सी लगाएर संसद पुगेका हुन् ।
बैठकमा प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालले आज नेदरल्यण्डससँग समूह ‘डी’अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट खेल्ने छ ।
सासंद असिम शाहले सामाजिक संजालमा जर्सी लगाएका केहि तस्बिर सेयर गरेका छन् । उनले लेखेका छन्,”१० वर्षको लामो प्रतीक्षा पछि आज नेपालले टी-२० क्रिकेट विश्वकपको पहिलो खेल खेल्दैछ हार्दिक शुभकामना!”
प्रतिक्रिया