काठमाडौं। किलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । सोमबार रियलले विज्ञप्ति जारी गरी एम्बाप्पेलाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो ।
२५ वर्षीय फ्रान्सेली स्ट्राइकरसँग रियलले आगामी पाँच सिजनका लागि सम्झौता गरेको हो । योसँगै उनी सन् २०२९ सम्म रियलमा रहने छन् । रियलले उनलाई कति रकम खर्चिएर भित्र्याएको हो खुलाएको छैन ।
एम्बाप्पेले आफ्नो एउटा सपना पूरा भएको बताएका छन् । ‘एउटा सपना साकार भयो । मेरो सपनाको क्लबमा अनुबन्धन हुन पाउँदा निकै खुसी र गौरवान्वति छु । म अहिले कति उत्साहित छु भन्ने कुरा कसैले बुझ्न सक्दैनन्,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
प्रतिक्रिया