काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । समुह ‘ए’ अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुँदैछ ।
न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुनेछ ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।
प्रतिक्रिया