काठमाडौं । युगान्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । बिहिबार बिहान सम्पन्न समुह ‘सी’ अन्तर्गतको खेलमा युगान्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
पिएनजीले दिएको ७८ रनको लक्ष्य पछाएको युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो ।
समुह ‘सी’ मा रहेको युगान्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगान्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।
त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया