Logo

खेलकुद

टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात



काठमाडौं । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।

ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।

समुह ‘बि’ अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार ११:१२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।