Logo

खेलकुद

विश्वकप : पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित



काठमाडौं । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ ।

समुह ‘ए’ अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्बाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।

यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्बाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।

यो जितपछि समुह ‘ए’ मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।

अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ ।

 

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  १० : ५७ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।