Logo

खेलकुद

टी-२० विश्वकप : वेस्टइन्डिजको दोस्रो जित, युगान्डा ३९ रनमै रोकियो



काठमाडौं । वेस्टइन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुँदै ३९ रन मात्र बनाएको हो । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।

युगाण्डाका लागि जुमा मियागीले १३ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यस्तै वेस्ट इण्डिजका बलर अकील हुसेनए ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए । उनी यस विश्वकपमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

यो जितपछि वेस्ट इन्डिजको समुह सी मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै युगाण्डाको भने ३ खेलमा २ अंक रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८१ आईतबार  १० : ५४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।