काठमाडौं । नेपालले फिफा विश्वकप-२०२६ र एसियन कप-२०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि सुरु हुने छ ।
यस अघि गत बिहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
प्रतिक्रिया