काठमाडाैं । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।
पिएनजीले दिएको ९६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । अफगानिस्तानका लागि गुलबदिन नैबले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४९ रन बनाए । यस्तै मोहम्मद नबीले १६, अजमतुल्लाह ओमारजाईले १३ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए ।
पिएनजीका लागि अलेई नाओं, सेमो कामिया र नो भानुवाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पिएनजी १९.५ ओभरमा ९६ रनमा समेटियो । पिएनजीका लागि किपलिन डोरिगाको २७ रन नै सर्वाधिक रह्यो । यस्तै नाओंले १३ तथा टोनी उराले ११ रन जोडे ।
अफगानिस्तानका लागि फजलहाल फरुकीले ३ तथा नभिन उल हकले २ विकेट लिए । एक विकेट नूर अहमदको नाममा रह्यो ।




















प्रतिक्रिया