काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य ४ सय रुपैयाँले घटेकाे सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया