Logo

अर्थ

माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएर नयाँ ब्यादर सार्वजनिक गरेको छ ।

असार महिनामा व्यक्तिगततर्फ बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

जसअनुसार बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ७ प्रतिशत र ३ वर्ष देखि माथिका लागि ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले संस्थागततर्फ पनि ब्याजदर बढाएको छ । जसअनुसार जेठ महिनामा संस्थागततर्फ अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गरेकोमा असार महिनाका लागि अधिकतम ५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, संस्थागततर्फ ६ महिना देखि १ वर्ष अवधिका लागि ४.७५ प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ५.२५ प्रतिशत र ३ वर्ष देखि माथिको अवधिका लागि ५.७५ प्रतिशत ब्याजदर कायम गरिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।