Logo

अर्थ

बझाङको चैनपुरमा प्रभु बैंकको ३०४औं शाखा सञ्चालनमा



काठमाडाैं । प्रभु बैंकले बझाङको चैनपुरमा ३०४औं शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेबाट जयपृथ्वी नगरपालिका-१० चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ । कम्पनीले यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने पनि बताएको छ ।

चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका नेपालभर ३०४ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

प्रकाशित मिति : असार १, २०८१ शुक्रबार  २ : २४ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।