काठमाडौं । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया