Logo

खेलकुद

टी-२० विश्वकप : नेपालले बंगलादेशसँग खेल्दै



काठमाडौं । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुँदै छ । नेपाल सुपर ८ को दौडबाट भने बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर ८ को दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

यस समुहमा नेदरल्याण्डस पनि सुपर ८ को दौडमा कायम रहेको छ । त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर ८ मा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर ८ को दौडबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार १२:१६   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।