Logo

अर्थ

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।

उक्त शाखाबाट सोमबारदेखि कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको छ ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार  २ : १५ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।