Logo

अर्थ

बूढीगण्डकी निर्माण कार्य अघि बढाउन भन्दै गोरखा र धादिङका सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडाैं । गोरखा र धादिङका सांसदहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर सांसदहरूले आयोजना निर्माण सुनिश्चित गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्रीलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरेका हुन् ।

‘बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौं,’ प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले भने, ‘आयोजनाको निर्माण सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासिनता देखाएको छ ।’

प्रतिनिधिसभा सांसदहरू बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रियसभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : असार ४, २०८१ मंगलबार  ५ : ०४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।