Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । सेयर बजार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको ८६ करोड ६३ लाख ६९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १५:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।